देशको वर्तमान राजनीतिक अवस्था दोबाटोमा फसेको छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक अवस्था दोबाटोमा फसेको बताएका छन् ।

आदिवासी जनजाति महासंघको आयोजनामा बुुधबार राष्ट्रिय सभागृहमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको वर्तमान राजनीतिक अवस्था दोबाटोमा फसेको बताएका हुन्। ‘आज देखापरेको यो दोबाटो भनेको जनताको अभिमतलाई मान्ने कि नमान्ने भन्ने नै हो।’ उनले भने, ‘संसद विघटनलाई अदालतले पुनःस्थापना गरेन भने‘’ भन्दै एकाथरी न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेका छन्। तर, हामी कुनै प्रकारले अलमल्लिनु हुँदैन।’

यस्तै, प्रधानमन्त्री ओलीले आफू जनजाती विरोधी नभएको समेत बताए । कुनैबेला ओली जनजाती विरोधी भएको हल्ला फैलाइएको भन्दै उनले यथार्थमा आफू विरोधी नभएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले भने ‘तपाईंहरू माँझ पनि कुनैबेला ‘केपी ओली जनजाति विरोधी हो’ भनेर भनेका थिए। त्यो तपाईंहरूलाई पनि लागेको थियो होला। तर, त्यो गलत हो। नेपाल १२७ जातजातिको साझा फूलबारी हो। हाम्रो नेपाल देश यही विविध जातजातिका कारण विशिष्ट छ। सरकार यसको विरोधी छैन।’

जनजातिको उत्थानका विषयमा विभिन्न योजनाहरू सरकारले ल्याउँदै गरेको बताउँदै प्रधानमन्त्री ओली सरकारलाई काम गर्न नदिनेहरूसँग जुध्नु आजको आवश्यकता भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

फूङलिङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार  दोभान बजारमा आगलागी

प्रधानमन्त्री भैसकेका नेताहरु पद त्यागेर जनताको अभिभावक बन्नुहोस्

डा. युवराज संग्रौला । देश जनताको हो, इसापूर्व चिनियाँ कन्फुसियसका चेला मेन्सियसले भनेका

नवलपरासीमा दुईवटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु 

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गएराति दुईवटा ट्रक आपसमा

कुनै गम्भीर समस्याका विरामीको सरकारी अस्पतालमा उपचार नहुने तर अर्को निजी अस्पतालमा हुने !

केशवप्रसाद भट्टराई । नवीन्द्रराज जोशीको गम्भीर स्वास्थ समस्या, वीर अस्पताल अनि मै हूँ