थप २८३ मा कोरोना पुष्टि,२४६ जना संक्रमणमुक्त
नेपालमा थप २८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार तीन सय ८२ जनाको पीसीआर परीक्षण गर्दा बुधबार २८३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३५७ पुगेको छ ।
यस्तै, बुधबार थप २४६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै देशभर मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ ।
हाल देशभर ३ हजार २८६ जना सक्रिय संक्रमित रहेका छन् भने १२२ जना क्वारेन्टीमा रहेको मन्त्रालयले जनाएको छ ।