पार्टी विभाजन हुनुमा दुबै अध्यक्ष बराबर जिम्मेवार: उपाध्यक्ष गौतम



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनका लागि केपी शर्मा ओली र पुष्पकमल दाहालको बराबर जिम्मेवार रहेको बताएका छन् ।

बुधबार एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले पार्टीमा जुटाउनेभन्दा पनि फुटाउने गतिविधि धेरै भएको बताएका हुन् ।

यस्तै, गौतमले नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा पनि गरेका छन् । उनले आफूलाई पछि एक समूहमा लाग्ने आंशका भइरहेको भन्दै आफू दुवै समूहमा नलाग्ने घोषणा गरे । उनले फरक दिशामा रहेका दुवै अध्यक्षलाई एकैतिर फर्कन आफूले प्रयत्न गर्ने तर नफर्के विना फौजको सेनापति बन्ने ठोकुवा गरे ।

एकीकरण अभियानका अध्यक्षसमेत रहेका गौतमले पार्टी पुन एकीकरणको योजना दुई चरणमा गरिने पनि बताएका छन् । पहिलो चरण प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको फैसला आउनुअघि र दोस्रो चरणको कार्यक्रमण सर्वोच्चको फैसला आएपछि सुरु हुने गौतमले सार्वजनिक गरेको पार्टी एकीकरणसम्बन्धीको अवधारणापत्रमा उल्लेख छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीसवर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले ‘सगरमाथा संवाद’ कार्यक्रमको आह्वानअनुसार २०वर्षे ‘सगरमाथा वृक्षरोपण

हिजो रद्द भएको काठमाडौं-दोहा-काठमाडौं उडान आज मध्यान्ह १२ बजे हुने

काठमाडौं । इरानले कतारको दोहास्थित अमेरिकी सुरक्षा बेसमा आक्रमण गरेपछि सोमबार राति रद्द

भरतपुरमा तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम

काठमाडौँ । भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले

पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब