संसदमा अनुशासन भएन भन्ने कुरा सत्यमा आधारित छैनः सभामुख



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा अन्तरपार्टी महिला सञ्जाल आवद्ध महिला नेतृहरुको ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नभएको स्पष्ट गरे ।

‘अहिले त्यहाँ सहयोग भएन, त्यहाँ अलिकति अराजकता भयो, अनुशासन भएन भन्ने कुरा जो आईरहेको छ, त्यो सत्यमा आधारित छैन, त्यो सत्य छैन’ उनले भने । ‘एउटा त्यस्तो कुनै अबरोध गरेको कुरा, चाहे त्यो नीति तथा कार्यक्रम पास गर्ने कुरामा होस्, चाहे त्यो बजेट पास गर्ने कुरामा होस्, कुनै कुरामा पनि प्रतिनिधिसभाले बरु सहयोग नै गरेको छ, कार्यपालिकालाई कहिल्यै पनि असहयोग गरेको छैन’, उनले भने ।

सभामुख सापकोटाले दुईवटा संसद अधिवेशन चलाएको अनुभव सहित देशको सर्वाङ्गीण कुरामा ध्यान दिंदै व्यवस्थित ढङ्गले संसद सञ्चालनको तयारी हुँदै गर्दा हठात् संसद सञ्चालनमा अवरुद्धता आएको बताए ।

‘त्यसलाई सुचारु गर्नुपर्छ भनेर तपाइँहरुले मात्रै होइन देशका सबै संविधानविद्हरु, कानुनविद्हरु, विधिवेत्ताहरु, राजनीतिक पार्टीका नेताहरु अधिकांशले चिन्ताकासाथ आवाज उठारहनु भएको छ’ उनले भने ‘त्यस सम्बन्धमा गम्भीरतापूर्वक चिन्तन मनन गरिरहेको छु, मैले परिस्थितिलाई धेरै गम्भीरतापूर्वक, जिम्मेवारीपूर्वक विष्लेषण, अध्ययन गरिरहेको छु ।’

सभामुख सापकोटाले पछिल्लो बर्षे अधिवेशन बहुआयामिक महत्वका साथ सफलतापूर्वक सम्पन्न भएको बताए । उनले छैंटौं अधिवेशनमा संविधान संशोधन गरेर नक्सा पास गर्दा संसदमा प्रकट भएको अभूतपूर्व एकताको स्मरण गरे । सभामुखले संसदभित्र प्रतिपक्ष वा कुनै सदस्यहरुले कुनै खालको अवरोध नगरेको बताउँदै कुनै दिन पनि नारा नलागेको, ‘ह्वेल’ घेर्ने काम नभएको स्मरण गराए ।

उनले संसदलाई व्यवस्थित ढंगले लोकतन्त्रको मुल्य मान्यता र आदर्शलाई स्थापित गर्नका लागि, छलफलको वातावरण बनाउन भगिरथ मेहनत गरेको बताए । सबै सांसद, सचिवालयका कर्मचारीहरु सबैले अहोरात्र खटेर, सबै अनुशासीत भएर सदन सञ्चालन गरेको उनको भनाई थियो ।

सभामुखले यस्तो परिस्थितिमा सृजना गरिएको अबरोध बेठीक भएको बताए । ‘अझ जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्छ भन्ने तपाइँहरुको सुझावलाई धेरै सम्मानका साथ ग्रहण गर्छु’ उनले भने । संघीय संसद, सभामुख र प्रतिनिधिसभाको बारेमा चिन्ता र चासो व्यक्त गरेकोमा धन्यवाद ज्ञापन गर्दै उनले महिला नेतृहरुले गराएको ध्यानाकर्षणप्रति आफू गम्भीर रहेको बताए ।

अन्तरपार्टी महिला सञ्जालकातर्फबाट ध्यानाकर्षण पत्र बुझाउँदै नेतृहरु शशी श्रेष्ठ, कमला पन्त, यशोदा सुवेदी लगायतले महिलाको अधिकार सुरक्षित भएको संविधान बचाउने विषयमा पहल लिन सभामुखलाई आग्रह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर