‘एकजना बाजे वकिलले पनि लिएर गएछन्’ भन्ने ओलीको अभिव्यक्ति राजतन्त्रकालको भन्दा पनि निकृष्ट



काठमाडौँ । नेपाल बार एशोसिएसनका चार जना पूर्वअध्यक्षले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे प्रधानमन्त्रीको केपी शर्मा ओलीको अभिव्यक्तिबारे आपत्ति जनाएका छन् ।

बारका पूर्वअध्यक्षहरु हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले आइतबार विज्ञप्ति जारी गरी राजतन्त्रकालमा समेत यस्तो निर्लज्ज प्रहार नगरिएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीद्वारा अभिव्यक्त एकजना बाजे वकिलले पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको हो यो ? भन्ने अभिव्यक्ति, वकिलले कुरा फिट्या फिट्यै छन् तर ढुक्क हुनुहोस् प्रतिनिधिसभा पुनस्र्थापना हुँदैन भन्ने अभिव्यक्ति तथा यसअघि पनि कानुन व्यवसायीलाई स्यालजस्तो म्याउम्याउ गरेका छन्, सर्वोच्च अदालतमा बहस गर्ने वकिललाई त्यति पनि थाहा नहुने ?, के गर्छन् ति वकिलले भनि सार्वजनिक समारोहमा गरिएका प्रधानमन्त्रीका अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानुन व्यवसायमाथि नै धावा बोलिएकाले लोकतन्त्रका पहरेदार कानुन व्यवसायीमाथिको यो प्रहारलाई मुकदर्शक भएर सहन गर्न नसकिने भएकाले यो विज्ञप्ति प्रकाशित गरिएको छ । प्रधानमन्त्रको यस्तो अभिव्यक्तिले अदालतमा विचाराधीन मुद्दालाई समेत प्रतिकूल असर गर्ने प्रयास भएकाले यस विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया