प्रधानमन्त्री ओलीले संविधान च्यात्ने काम गरेः खनाल



काठमाडौं । नेकपाका प्रचण्ड नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली भगौडा भएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले पार्टीबाट आफैं भाग्ने अनि अरुलाई भगौडा भन्दै हिंड्न किन लाज नलागेको ? भन्दै प्रश्न गरेका छन् ।

नेकपामा आफूहरुसँग बहुमत रहेको भन्दै खनालले ओलीले सानो गुट लिएर हिंडेको आरोप लगाए । उनले सर्वोच्च अदालतप्रति पूरा विश्वास भएको र अदालतले संविधान बाहिर गएर फैसला गर्न नसक्ने बताए ।

उनले भने, ‘सर्वोच्चले संसदको पुनःस्थापना गर्छ गर्छ, ढुक्क हुनुस् कमरेडहरु।’ प्रधानमन्त्रीले संसद विघटन राजनीतिक विषय भएको भन्दै बोल्दै हिंडेको भन्दै खनालले संविधान अनुसार प्रधानमन्त्री बनेको व्यक्तिले राजनीतिक विषय भन्दै जथाभावी काम गर्न नपाउने बताए। उनले प्रधानमन्त्री ओलीले संविधान च्यात्ने काम गरेकाले जनताले उनलाई दण्ड दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीको कदमले देश अस्थिरतातर्फ धकेलिएकाले अस्थीरताबाट देशलाई बचाउनका लागि सडकमा आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

डोटीमा कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ