जंगल युद्धकलामा सैनिक जवान राधिकाले रचिन् इतिहास



काठमाडौं । सैनिक जवान राधिका थापाले प्रतिविद्रोह तथा जंगल युद्धकला तालिममा इतिहास रचेकी छिन् । कठिन मानिने सो तालिम सम्पन्न गर्ने उनी सेनाभित्र पहिलो महिला सैनिक बन्न सफल भएकी छिन् ।

‘प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कात्तिक १८ गतेबाट माघ ६ गतेसम्म सञ्चालन भएको प्रतिविद्रोह तथा जंगल वारफेयर तालिममा सोही शिक्षालयकी महिला सैनिक जवान व्य.नं. २६३८०७ सिपाही राधिका थापा पहिलो पटक सहभागी भई सफलतापूर्वक तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक हुन सफल भएकी छन्’, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिन्धुपाल्चोकको मेलम्ची–२ थापाटोल ठेगाना भएकी उनी ०६९ असारमा नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी थिइन् । सैन्य आधार तालिम पश्चात उनी २०७० जेठमा शिक्षालयमा कार्यरत रहेकी थिइन् ।

उनले हाल सोही शिक्षालयमा सञ्चालन भएको उच्चस्तरको शारिरिक एवं मानसिक क्षमता माग तालिम सफलतापूर्वक सम्पन्न गरेकी हुन् । सेनाले उनले साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंशा गरेको छ ।

तीन महिनासम्म चल्ने उक्त तालिममा जंगल नेभिगेशन, धराप निर्माण गर्ने तथा सर्पदंश व्यवस्थापन लगायत विभिन्न सैनिक ज्ञान तथा सीपहरु सिकाइन्छ । थापाले यसअघि नै बिल्लादार ग्रेड–३ तथा लाइट मोटर ड्राइभिङ्ग एण्ड मेन्टिनेन्स तालिम समेत सफलताका साथ सम्पन्न गरि सकेकी छन् । सेनाले यसअघि विभिन्न विधामा इतिहास रच्न सफल भएका महिला सैनिकको विववरण समेत सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

परराष्ट्रमन्त्री र गृहमन्त्रीद्वारा प्रकृति लम्सालका परिवारसँग भेट

भैरहवा । परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकले भारतको उडिसास्थित केआईआईटी कलेजमा