उखु किसानलाई आठ करोड भुक्तानी हुन बाँकी



काठमाडौं । विभिन्न चार चिनी उद्योगले उखु किसानलाई आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । ६५ करोड बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई आठ करोड एक लाख बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सरकार र उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । सहमतिअनुसार २१ दिन सोमबार सकिएपछि अझै तीन चिनी उद्योगीले उक्त रकम भुक्तानी गरेका छैनन् ।

उखु किसान आन्दोलित हुँदा चार चिनी उद्योगको ६५ करोड ३१ लाख बक्यौता रकममध्ये हालसम्म ५७ करोड ३० लाख रकम भुक्तानी भइसकेको उद्योग सचिव डा वैैकुष्ठ अर्यालले जानकारी दिए । उनका अनुसार ३५ करोड बक्यौता रकम रहेको श्रीराम सुगर मिलले सबै रकम भुत्तानी गरिसकेको छ भने लुम्बिनी, अन्नपूर्ण र इन्दिराको बाँकी रहेको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार १७ करोड बक्यौता रकम रहेको अन्नपूर्ण चिनी उद्योगले दश करोड ८८ लाख बक्यौता रकम किसानको खातामा जम्मा गरिसकेको छ । मिललको बैंक खातामा एक करोेड ७६ लाख जम्मा भए पनि उक्त रकम उखु किसानको खातामा जम्मा भएको छैन् । किसानलाई भुक्तानी दिएको र खातामा रहेको रकम १२ करोड ६४ लाख भुक्तानी गरे पनि अझै उक्त मिलले चार करोड ३६ लाख बक्यौता रकम भुक्तानी बाँकी रहेको छ ।

यसैगरी चार करोड ७० लाख बक्यौता रकम रहेको इन्दिरा सुगर मिलको खातामा एक करोड ५० लाख जम्मा भएको देखिए पनि भुक्तानी शुरु गरेको छैन । लुम्बिनी सुगर मिलले आठ करोड ४१ लाख बक्यौता रकम मध्येमा हालसम्म पाँच करोड १६ लाख बक्यौता रकम किसानलाई भुक्तानी गरिसकेको छ । उक्त मिलको खातामा रहेको तीन करोड रकम रोक्का राखिएको छ ।

अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक एकै व्यक्ति रहेका छन् । यसअघि नै उक्त उद्योगले जग्गा बेचेर भए पनि किसानको बक्यौता रकम भुक्तानी गर्ने जानकारी दिइसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूलाई कानुन कानुनविपरीत उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद