कोरोना संक्रमणबाट वेलायत र दक्षिण अफ्रिकामा गरी थप दुई नेपालीको मृत्यु



लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता वेलायतमा १ जना र दक्षिण अफ्रिकामा १ जनाको निधन भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै कोरोना भाइरसबाट २० देशमा मृत्यु हुने नेपालीको संख्या ३ सय १९ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, दक्षिण अफ्रिका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ५४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६७ हजार ५६ जना छ भने २ लाख ६१ हजार ४४ जना अर्थात ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

नयाँ भाइरस बिरुद्ध फाइजरको खोप लगाउन सकिने
लण्डन । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप ( कोरोनाभाइरस भेरियन्ट) विरूद्ध अहिले बजारमा आएका खोपहरु प्रयोग गर्न सकिने भएको छ । स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेक लगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसको बिरूद्धमा प्रभावकारी हुने देखाएको हो ।
कुल परीक्षणमध्ये कम्तीमा १० प्रतिशतमा संक्रमण
नेपालमा कोरोना महामारी घट्दो क्रममा रहेको भएपनि स्वास्थ सावधानी आवश्यक रहेको स्वास्थ समितिले जनाएको छ । हाल दैनिक भैरहेका कुल परीक्षण गरेकामध्ये कम्तीमा १० प्रतिशतमा संक्रमण हुने गरेको पाइएको भन्दै समितिले जोखिम कम नभएको उल्लेख गरेको छ । परीक्षणको दायरा पनि घटेको अवस्थामा वास्तविक तथ्यांक के हो भन्न नसकिने समितिले बताएको छ । समितिले मास्क, भौतिक दुरी र हात धुने लगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लागूऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद सजाय

नवलपरासी । लागूऔषध मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष कैद

संस्कृति जोगाउन धनुषवाण प्रतियोगिता

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा आजदेखि धनुषवाण प्रतियोगिता सुरु भएको छ ।

कालीकोटमा युवाहरुको दुई समूहबीच झडप, एकजनाको मृत्यु, एक घाइते

मान्म (कालीकोट) । कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ ।

त्रिभुवन विमानस्थलमा एयर अरेबियाको जहाजले नरेफाँटमाथिबाट एक्कासी गर्‍यो ओभरसुट

काठमाडौँ । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन