थप २४० जनामा कोरोना संक्रमण, ४७७ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २४० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७०५६ पुगेको छ ।
त्यसैगरी शनिबार थप ४७७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६१०४४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५४ पुगेको छ । क्वारेन्टाइनमा २३१ जना छन् भने आइसोलेसनमा ४०५८ जना सक्रिय संmक्रमित रहेका मन्त्रालयले जनाएको छ ।