सर्वोच्चले भन्यो- प्रधानमन्त्री र न्यायाधीशबीच भेट भएको भन्ने खबर निराधार



काठमाडौं । सर्वोच्च अदालतले न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनास्थामा प्रतिकूल प्रभाव पर्ने गरी केही अनलाइन पोर्टलले भ्रामक समाचार सम्प्रेण गरेको भनी खेद व्यक्त गरेको छ । केही अनलाइनले शुक्रबार प्रधानमन्त्रीसँग सर्वाेच्च अदालतका केही न्यायाधीशले भेट गरेको भन्ने भावको समाचार प्रस्तुत गरेका थिए ।

अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले शुक्रबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशङ्का र भ्रम सिर्जना गर्ने मनसाय राखेर सत्य, तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार सामग्री प्रकाशन गर्ने कार्यबाट न्यायपालिकाप्रतिको विश्वनीयता र नागरिकको यसप्रतिको आस्थामा खलल पुग्ने जाने तथा सम्पूर्ण प्रेसप्रतिको विश्सनीयतामा आँच आउन सक्ने औँल्याइएको छ ।

त्यस्ता सामग्रीबाट पत्रकार आचारसंहिता र कानून प्रतिकूल हुने हुँदा कानूनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदै अदालतले सम्प्रेषित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ । केही अनलाइनले प्रधानमन्त्रीसँग सर्वोच्चका केही न्यायाधीशले भेट गरेको समाचार प्रकाशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लु

काठमाडौं । काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

काठमाडौं । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ

काठमाडौंको माइतीघरमा सडक विस्तार पीडितको प्रदर्शन(फोटोफिचर)

काठमाडौं । सडक विस्तारको नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराईएको भन्दै पीडितहरुले काठमाडौंको माइतीघरमा

सञ्चार माध्यमको आधारमा पार्टीको आधिकारिक धारणा नबनाउन प्रचण्ड-नेपाल समूहको आग्रह

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद पुनःस्थापनापछि पार्टीको आधिकारिक धारणा