केयुमा सक्षम र नैतिकवान व्यक्तिको नियुक्ति गर्न डा. केसीको माग



काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रियाप्रति ध्यानाकर्षण भएको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गरी डा. केसीले आफूसँग भएको पछिल्लो सत्याग्रहमा भएका सम्झौताहरु कार्यान्वयन हुने गरी तथा सक्षम र नैतिकवान व्यक्तिको नियुक्ति हुने गरी सो प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

प्रेस विज्ञप्ति
काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।
पछिल्लो समय उपकुलपति नियुक्तिका लागि सर्च कमिटिले प्रक्रिया अघि बढाएको तथा सो पदका लागि तीन दर्जनभन्दा बढी आवेदनहरु परेको अवस्थामा नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनु पर्दछ । त्यसका लागि विज्ञहरुबाट सबै उम्मेदवारको योग्यता र अनुभवदेखि भिजनसम्मको मुल्यांकन गरेर मात्रै नियुक्तिका लागि सिफारिस गरिनुपर्दछ ।
खास गरी मेडिकल शिक्षा नियमनमा गत वर्षहरुमा देखिएको चरम् अनियमितता र बेथितिको केन्द्रमा काठमाडौं विश्वविद्यालयका निवर्तमान पदाधिकारीहरु रहेका छन् । देशका आधाभन्दा बढी निजी मेडिकल कलेजहरु उक्त विश्वविद्यालय अन्तर्गत रहेकोमा ती मेडिकल कलेजका सञ्चालकहरुको स्वार्थ र इशारामा पदाधिकारीहरु चल्ने गरेका छन् । कतिसम्म भने निजी कलेजहरुलाई नेपाल सरकार मन्त्री परिषद्ले एमबीबीएस कार्यक्रमका लागि तोकेकोभन्दा बढी शुल्क लिन दिने गरी अवैध निर्णयहरु समेत भएका छन् ।
त्यसैले हामीसँग पछिल्लो सत्याग्रहमा भएका सम्झौताहरु समेत कार्यान्वयन हुने गरी तथा सक्षम र नैतिकवान व्यक्तिको नियुक्ति हुने गरी सो प्रक्रिया अघि बढाउन सम्बन्धित सबैसमक्ष माग गर्दर्छौं ।
डा गोविन्द केसी
काठमाडौं
२०७७ माघ १
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कास्कीमा ४.३ रेक्टर स्केलको भूकम्प

गण्डकी । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार

नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्न जनमत पार्टीद्वारा कार्यदल गठन

  काठमाडौँ । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग