थप ४०३ जनामा कोरोना संक्रमण, ४०५ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६६५४६ पुगेको छ ।
त्यस्तै बिहीबार थप ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६०१७७ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९४३ पुगेको छ । क्वारेन्टाइनमा २३१ जना रहेका छन् भने आइसोलेसनमा ४४२६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।