सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षा योजना बनाउन गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका प्रहरी अधिकृतलाई बधाई तथा शुभकामना दिँदै मन्त्री थापाले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री थापाले भने, “स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहोस्, त्यसका लागि आवश्यक स्रोत साधनको कमी भए मन्त्रालयलाई जानकारी गराउनुहोला कुनै कमी हुन दिइनेछैन ।”

शान्ति सुरक्षा, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले मन्त्रालयले तयार गरेको सुधार कार्ययोजनाअनुरुप काम अघि बढाउन आग्रह गरे । कार्यक्षेत्रमा उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै उनले भने, “तपाईँहरुलाई कुनै चुनौती आए मन्त्रालयबाट सहयोग र संरक्षण हुनेछ, ढुक्कसँग शान्ति सुरक्षामा खटिनुहोस् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान

घोराही (दाङ), ८ असार । गढवा गाउँपालिका–१ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो

पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे । काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना

म्याग्दी। सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

राँझा । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व घटाउन बस्तीमा