‘संसद विघटन रातारात, देश डुबाउन तिम्रो हात’ भन्दै कलामार्फत कलाकर्मीको विरोध
काठमाडौं । संसद विघटनको विरोधमा कलाकर्मीहरुले प्रदर्शनी गरेका छन् । कलाकारहरुले मंगलबार प्रज्ञा–प्रतिष्ठानको डबलीमा संसद विघटनको विरोधमा प्रदर्शनी गरेका छन् ।
नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थितिमा प्रतिनिधि सभा विघटनको विरुद्दमा कविता नाटक, चित्र प्रदर्शनी लगायत प्रस्तुत गरिएको थियो ।