थप ४३० जनामा कोरोना संक्रमण, ३९० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६५६९८ पुगेको छ ।
त्यसैगरी मंगलबार थप ३९० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५९३५८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९३२ पुगेको छ । क्वारेन्टाइनमा २३७ जना रहेका छन् भने आइसोलेसनमा ४४०८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।