पत्नीको उपचारका लागि मुम्बई गएका अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार स्वदेश फर्किएका छन् । पत्नी सीताको उपचारका लागि यही पुस २० गते भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका अध्यक्ष प्रचण्ड शनिबार स्वदेश फर्किएका उनको सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्डको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायतका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनी पन्ती सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेणु दाहाललाई छाडेर स्वदेश फर्किएका सचिवालयले जनाएको छ ।