अनेरास्ववियूद्वारा प्रधानमन्त्रीको पुत्ला दहन



काठमाडौँ । संसद विघटनको विरुद्धमा आन्दोलनरत नेकपाको प्रचण्ड नेपाल समूह निकटको अनेरास्ववियूले बिहीबार प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ ।

पुस २१ गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेको अनेरास्ववियूका विद्यार्थीहरुले बिहीबार काठमाडौं उपत्यकाका प्रदर्शनीमार्गको आरआर क्याम्पस, मिनभवनमा रहेको नेपाल कमर्स क्याम्पससहित देशभर ओलीको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनका क्रममा प्रहरीले खोस्ने प्रयास गरेको थियो । यसअघि अनेरास्ववियूले बुधबार उपत्यकामा लाल्टिन जुलुस निकालेको थियो ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि विद्यार्थी र नेकपाको प्रचण्ड नेपला समूह, प्रमुख प्रतिपक्षी कांग्रेस, जनता समाजवादी पार्टीलगायत दलहरु आन्दोलन गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) छनोटसम्बन्धी

आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।

सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

    काठमाडौँ ।  सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल