चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु



चितवन । गैँडाको आक्रमणबाट चितवनमा एकको मृत्युु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी ४० वर्षीया माया तामाङ रहेकी छन् । चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएकी तामाङलाई मंगलबार दिउँसो गैँडाले आक्रमण गरेको थियो ।

गैँडाको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको निकुञ्जले जनाएको छ । स्थानीय छ जना महिला मिलेर घाँस दाउरा काट्न गएकोमा उनलाई गैँडाले आक्रमण गरेको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा २० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

  काठमाडौँ ।  प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ