कम्बोडियाद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण



काठमाडौं । कम्बोडिया सरकारले नेपाल सरकारलाई कोभिड–१९ व्यवस्थापनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आयोजित कार्यक्रममा कम्बोडियाका स्थायी सचिव आउच बोरिथको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई ती सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

दुई वटा विमानमा चार्टर्ड गरी नेपाल ल्याइएका विभिन्न १२ किसिमका स्वास्थ्य सामग्री कम्बोडियाले हस्तान्तरण गरेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा फेस मास्क २० लाख, फेब्रिक फेस मास्क एक लाख, एन ९५ मास्क २० हजार, चस्मा २० हजार, पीपीई सेट २० हजार, फेस शिल्ड २० हजार, सेफ्टी प्लाष्टिक जुत्ता एक हजार र थर्मल गन ५०० थान रहेका छन् । सो अवसरमा मन्त्री त्रिपाठीले सहयोगका लागि कम्बोडियाको सरकारलाई सहयोगका लागि नेपाल सरकारका तर्फबाट धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङको बडिगाडमा जिप दुर्घट, दुईजनाको मृत्यु, पाँच घाइते

  ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

ठमेलमा प्रहरी कुटपिटमा संलग्न अखिल नेता धरौटीमा रिहा

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका एमाले

यस्तो छ महाशिवरात्रीमा उपत्यकाको ट्राफिक व्यवस्थापन

काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न