थप ४१९ जनामा कोरोना संक्रमण, ७५० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा शनिबार थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमिको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै शनिबार थप ७५० जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । आइसोलेसनमा ५ हजार ७११ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टाइनमा ३६७ जना रहेका छन् । हालसम्म १९ लाख ४२ हजार ७०२ पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।