थप ४२६ जनामा कोरोना संक्रमण, ७४८ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६१०२९ पुगेको छ ।
त्यसैगरी शुक्रबार थप ७४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २५३१०७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६४ पुगेको छ । क्वारेन्टाइनमा ३६७ जना रहेका छन् भने आइसोलेसनमा ६०४८ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।