थप ५३४ जनामा कोरोना संक्रमण, ४४७ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६०५९३ पुगेको छ ।
त्यस्तै बिहीबार थप ४४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २५२३५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८५६ पुगेको छ । क्वारेन्टाइनमा ३६२ जना छन् भने आइसोलेसनमा ६३७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।