थप ५११ जनामा कोरोना संक्रमण, ६ सय जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६००५९ पुगेको छ ।
त्यसैगरी बुधबार थप ६०० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५१९१२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४७ पुगेको छ । क्वारेन्टाइनमा ३६२ जना छन् आइसोलेसनमा ६३०० जना सक्रिय संक्रमित रहेका छन् ।