प्रचण्ड पत्नी सीता अस्पताल भर्ना


काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । छोरी गंगाले आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको जानकारी दिएकी छन् । लामो समयदेखि अस्वस्थ सीतालाई बुधबार स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएको हो ।