ओली बयलगाडा सिद्धान्तमा नै छन्ः प्रचण्ड



काठमाडौँ । सत्तारुढ नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानविरुद्ध भएको क्रुर प्रहारविरुद्ध आफूहरुले आन्दोलन गर्नुपरेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधान र गणतन्त्रमाथि प्रहार गरेकाले आफूहरु आन्दोलन गर्न बाध्य भएको बताएका हुन् ।

प्रधानमन्त्री ओली निरंकुश तानाशाह भएको आरोप लगाउँदै ओलीले देशलाई भड्खालोमा पार्न चाहेको स्पष्ट भएको बताए । उनले कम्युनिस्ट मूल्यमान्यता, विधि, विधानविपरीत कदम चालेको भन्दै केपी ओली विचारमा पनि स्खलित भइसकेको बताए ।
उनले ओली प्रवृत्ति बेलैमा बुझ्न नसकेको भन्दै क्षमा याचना गरेका छन् । उनले भने, केपी गणतन्त्रको पक्षमा हुनुहुन्न र उहाँको सिद्धान्त बयलगाडाको सिद्धान्त हो भन्ने सिद्धान्त थाहा थियो । संघीयता र धर्म निरपेक्षताविरोधी हो भन्ने थाहा थियो । जनताको आँधीहुरी आएपछि उहाँले मानिदिएँ भन्नुहुन्थ्यो तर समयले उहाँ बयलगाडा सिद्धान्तमा नै हुनुहुन्छ भन्ने देखियो । हामीले उहाँ सच्चिए भनिठान्यौं । अहिले हामीलाई अप्ठ्यारो लागिरहेको छ । केपी ओलीलाई बुझ्न नसकेकोमा क्षमायाचना गर्न चाहन्छु ।’

उनले संसद विघटनविरुद्ध निर्मम संघर्ष गर्नु परेपनि तयार रहेको भन्दै प्रधानमन्त्रीलाई सामनाका लागि तयार रहन चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्घाखाँचीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जलेर नष्ट

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ धारापानीमा भीषण आगलागीका

माथिल्लो अरुणमा विश्व बैंक वित्तिय व्यवस्थापन गर्ने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकसँग नेपालमा जलविद्युतमा लगानी सम्झौता भएको बताएका

गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो