प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध डम्फू बजाएर खबरदारी



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक अगुवाले डम्फू बजाएर खबरदारी गरेका छन्। समूहको साताव्यापी विरोध कार्यक्रम स्वरुप माइतीघरमा सोमबार डम्फूसहितको प्रस्तुती गरेर कोणसभाको आयोजना गरिएको हो । उनीहरुले तामाङको बाजा डम्फू र एकतारे बजाउँदै र नाच्दै प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध खबरदारी गरेका हुन् ।

बृहत् नागरिक आन्दोलन समूहले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै यसअघि शंख बजाएर नागरिक खबरदारी गरेका थिए । कार्यक्रममा सचेतक बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता थियो ।

जनताको बलिदानीबाट स्थापित गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशिता जस्ता राजनीतिक उपलब्धीहरुमाथिको प्रहारलाई निरन्तरता दिँदै चालिएको यो प्रतिगामी कदमको सशक्त प्रतिवाद नगरे जनताले प्राप्त गरेकोसमेत उपलब्धि पनि गुम्ने खतरा देखिएको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन