अदालतको निर्णयलाई सम्मान गर्छौंः देउवा



काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमबाट उत्पन्न परिस्थितीमा नेपाली काँग्रेस कसैसँग नमिल्ने बताएका छन् ।

संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा गरिएको सभालाई सम्बोधन गर्दै सभापति देउवाले अदालतको निर्णयलाई सम्मान गर्ने आफ्नो पार्टी भएकाले नेपाली काँगे्रस कसैसँग नमिल्ने बताएका हुन् ।

नेपाली काँग्रेसले कसैसँग मिल्नुको परिणाम पहिले नै भोगिसकेकाले बहकाउमा नपर्ने बताए । संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको भन्दै उनले अदालतमा विचाराधीन मुद्दामा धम्क्याएर, तर्साएर यो निर्णय गर नेपाली कांग्रेसले नभन्ने बताए ।

सभापति देउवाले अदालतले स्वतन्त्र निर्णय गर्ने भएकाले आफूहरु निरन्तर न्यायालयको निर्णयको पर्खाइमा रहेको बताए । उनले प्रधानमन्त्री ओलीको असंवैधानिक निर्णयको नेपाली काँग्रेसले विरोध गर्दै जनताकोबीचमा जाने बताए । केही दिनपछि आफ्नो पार्टीको केन्द्रीय समिति बैठक बसी थप धारणा बनाउने सभापति देउवाको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य