प्रचण्ड र चिनियाँ टोलीबीच भेटवार्ता



काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । प्रचण्डलाई भेट्न चिनियाँ टोली सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेको थियो । भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

आइतबार नेपाल आएको चिनियाँ टोलीले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अलग–अलग भेटवार्ता गरेको थियो । टोलीले आज नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालसँग पनि भेटवार्ता बताइएको छ । नेताहरुसँगको भेटवार्ता अघि चिनियाँ टोलीले चिनियाँ दूतावास हाउ यान्छीसँग वस्तुस्थितिको ‘ब्रिफिङ’ लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास