थप ४८१ जनामा कोरोना संक्रमण,६ को मृत्यु,७३१ जना संक्रमणमुक्त
नेपालमा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगालामा गरिएको परीक्षणमा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण आईतबार थप ६ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरानाबाट मृत्यु हुनेको संख्या १८ सय २५ पुगेको छ । त्यसैगरी थप ७३१ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ४९ हजार ८६३ जना कोरोनामुक्त भएका छन् ।
हाल ६ हजार ४९३ जना आइशोलेशनमा रहदा ३६९ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १९ लाख ९ हजार ६५४ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।