काठमाडौँ । प्रतिनिधिसभामा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामाले नेकपा (ओली समूह) परित्याग गरेका छन् । शनिबार विज्ञप्ति जारी गरी लामाले हुम्लावासी जनता, कार्यकर्ताको सल्लाह, सुझाव र भावनालाई सम्बोधन गरी ओली नेतृत्वको नेकपा महाधिधिवेशन आयोजक समितिको सदस्य पद परित्याग गरी नेकपा (प्रचण्ड नेपाल) पक्षमा यथावत् रहेको प्रस्ट पारेका हुन् ।
बाहिरी हल्लाको भ्रममा नपर्न सम्पूर्ण पार्टी, कार्यकर्ता र हुम्लावासीलाई उनले आग्रह गरेका छन् । उनल् हुम्ली जनताको सेवामा निरन्तर रुपमा लागिरहने प्रतिबद्धतासमेत जनाएका छन् ।


प्रतिक्रिया