थप पाँच सय जनामा कोरोना संक्रमण, ८४० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप पाँच सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगालामा गरिएको परीक्षणमा थप पाँच सय जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५७७०० पुगेको छ ।
त्यसैगरी शनिबार थप ८४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २४९१३२ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८१९ पुगेको छ । क्वारेन्टाइनमा ३६९ पुगेको छ भने आइसोलेसनमा ६७४९ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।