थप ६०८ जनामा कोरोना संक्रमण, ८९२ जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ६०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५७२०० पुगेको छ ।

त्यसैगरी शुक्रबार थप ८९२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २४८२९२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८१६ पुगेको छ ।

क्वारेन्टाइनमा ३६९ जना रहेका छन् भने आइसोलेसनमा ७०९२ जना सक्रिय संक्रमित रहेकमा मन्त्रालयले जनाएको छ ।