धरहराको २० औं तलाबाट हेर्दा……



काठमाडौं । ऐतिहासिक धरहराको पुननिर्मार्णले तिव्रता पाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहराको २०औं तलाको पुनःनिर्माण गर्ने काम सम्पन्न भएको जनाएको छ ।

जमिनमुनिको दुई तलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको पुनःनिर्माण भइरहेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले अहिले २०औं तलामा बार्दली बनाउने काम भइरहेको जानकारी दिदै सोही तलाबाट नै सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउने बताए ।

\ज्ञवालीले चालु आर्थिक वर्षभित्रैमा काम सम्पन्न गर्ने गरी निर्माणकार्य अगाडि बढेको जानकारी दिए । उनले आउँदो असार मसान्तसम्म मूलभूत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने योजना रहेको बताए । २०७२ सालको विनाशकारी भूकम्पमा धरहरा पूर्णरुपमा क्षति भएको थियो । धरहरा पुनःनिर्माणको कुल अनुमानित लागत भ्याटसहित तीन अर्ब ४५ करोड रुपैयाँ छ । कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।