कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । तनहुँका ७३ वर्षीय पुरुषको र स्याङ्जाका ७४ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १९० पुगेको छ ।