जनताको अपेक्षा अनुकूल स्वतन्त्र, निष्पक्ष र सक्षम न्याय सम्पादनका लागि न्यायपालिका प्रतिबद्धः प्रधानन्यायाधीश जबरा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान तथा कानुन कार्यान्वयन, कानुनको प्रभावकारी कार्यान्वयनमा महान्यायाधिवक्ताको कार्यालयको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन तथा सरकारी वकिलहरुको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्रीले अनुसन्धान, अभियोजन वा बहस पैरवी गर्ने कुरामा अनुसन्धान र अभियोजनको महत्वपूर्ण भूमिका हुने बताएका हुन् । प्रधानमन्त्री ओलीले प्रभावकारी अभियोजन गर्नुपूर्व गर्नुपर्ने पर्याप्त अनुसन्धान निष्पक्ष र साहसिक रुपमा प्रस्तुत गरिने अभियोजनबाट न्याय सम्पादनमा महत्वपूर्ण योगदान हुने उल्लेख गरे ।

समाजको परिवर्तनसँगै कानुनहरुमा पनि परिवर्तन गर्न आवश्य हुने भएकाले बदलिदो परिवेश अनुसार परिमार्जन भएका कानुनहरु अनुसार सम्बन्धित निकायहरुले काम गर्न सक्ुनपर्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जनताको अपेक्षानुकूल स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाका लागि आफूहरु प्रतिबद्ध भएको स्पष्ट गरे । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले तीनदिने सम्मेलनमा ‘अभियोजनमा सुधार, फौजदारी न्यायको आधार भन्ने मूल विषयमा केन्द्रित भई विभिन्न कार्यपत्र र छलफल हुने जानकारी दिए । प्रत्यक्ष र भर्चुअलरुपमा गरिने सम्मेलनमा ३९४ सरकारी वकिल र ७० जना सरोकारवालाको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका