सत्ताको लोभमा पर्नुहुन्नः रामचन्द्र पौडेल



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीको कदम असंवैधानिक अधिनायक आकांक्षाबाट प्रेरित र सर्वसत्तावाद उन्मुख रहेको उल्लेख गरे । यस बिषयमा कांग्रेस सम्यमतापूर्वक अघि बढनुपर्ने उनले बताए ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले कांग्रेसमा कोही पनि सत्ताको लोभमा पर्न नहुने बताए । संसद विघटनका बिषयलाई कांग्रेसले प्रतिवाद गर्नुपर्ने उनले बताए । बैठकमा केन्द्रीय सदस्यहरु महेश आचार्य, डा. नारायण खड्का र एन.पी. साउदले आफ्नो धारणा राखेका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले गम्भीरतापूर्वक र गहिरो बिश्लेषण गरि कांग्रेसले आवश्यक नीति अवलम्वन गर्ने बताए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पुस ८ गते दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने प्रवक्ता शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर