थप ७२२ जनामा कोरोना संक्रमण, ९६६ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ९६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७९८ पुगेको छ ।
क्वारेन्टाइनमा ४१३ जना छन् भने आइसोलेसनमा ७ हजार ७२९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।