संसद विघटनविरुद्ध नेकपाका सांसदहरु सर्वोच्चमा



काठमाडौँ । सत्तारुढ नेकपाका सांसदहरु प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित सांसदहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री सर्वोच्च गएका हुन् । निवेदनमा नेकपाका करिब ९० जना सांसदहरुको हस्ताक्षर छ ।

सर्वदलीय छलफलबाट सहमति गएर सामूहिक रुपमा निवेदन लिएर जाने भने पनि कांग्रेसको केन्द्रीय समितिको बैठक बल्ल बसेको र बैठकपछिको निर्णय आउँदा निवेदन दर्ता हुन ढिलाई हुने भएकाले नेकपाका सांसदहरु सर्वोच्च पुगेका हुन् । गत आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै नयाँ निर्वाचनको मिति तोकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकतान्त्रिक अभ्यासमा प्रहार गर्न बोलाइएको संवैधानिक परिषद्को बैठकमा भाग नलिन परिषदका अन्य सदस्यलाई देउवाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि

प्रधानमन्त्रीज्यू, संक्रमित परिवारले आफ्नो‌ स्वास्थ्यको ख्याल गर्ने कि, मृत्युमा शोक गर्ने कि, सीसीएमसीको प्रकृया पुरा गर्ने ?

कुमार शर्मा आचार्य । सरकारले कोरोनाको व्यवस्थापन जटिल बनाएको रहेछ! सरकारले अस्पतालको व्यवस्था

काभ्रेमा आइसोलेसन कक्ष व्यवस्थापनमा स्थानीय तह सक्रिय

वनेपा । काभ्रे जिल्लाका स्थानीय तहहरु आइसोलेसन कक्ष व्यवस्थापन गर्न सक्रिय भएका छन्

म्याग्दीको मालिकामा २० शय्याको आइसोलेसन वार्ड निर्माण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचार गर्न १५ शय्याको आइसोलेसन वार्ड