थप ७४२ जनामा कोरोना संक्रमण, १०७९ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा सोमबार थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ सय ९५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ७९ जना कोरोना संक्रमणमुक्त हुँदा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । हाल नेपालमा ७ हजार ९७६ जना आइसोलेशनमा छन् भने ४२१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १८ लाख ७७ हजार १८१ वटा पिसिआर परीक्षण गरिएको छ ।