प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनमा उत्रिएका अधिकारकर्मी पक्राउ



काठमाडौं । संसद विघटनको विरोधमा सिंहदरबारबाहिर प्रदर्शन गर्न गएका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै मानव अधिकार तथा शान्ति समाजले सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनका क्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पुर्वमहासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर लगायत १६ जनालाइ प्रहरीले पक्राउ गरेको समाजले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोका कारण प्रतिनिधिसभा विघटन हुनु निन्दनीय भएको समाजले जनाएको छ । त्यस्तै प्रतिनिधिसभा विघटन असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक भएको मानव अधिकार तथा शान्ति समाजको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य