प्रधानमन्त्रीद्वारा आफू निकटका नेताहरुसँग बालुवाटारमा छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाका आफू निकटका सदस्यहरूसँग बालुवाटारमा छलफल गरेका छन् । प्रधानमन्त्रीले काठमाडौंमा उपलब्ध सबै निवर्तमान सांसदहरूलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।
छलफलमा सदस्यहरुलाई प्रधानमन्त्रीले संसद विघटन गर्नुको कारण र भावी रणनीतिकाबारेमा जानकारी गराएका बताइएको छ । यता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि आजै आफूनिकट निवर्तमान सांसदहरूलाई संसद् भवनमा बोलाएका छन् ।