पार्टीभित्रको झगडा र ओलीभित्रको अहंकारले सिंगो व्यवस्थामाथि प्रश्न उठ्यो : गगन थापा



प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटन गर्नसक्ने व्यवस्था अहिलेको संविधानमा नभएको बताएका छन् । आइतबार नयाँ बानेश्वरमा आयोजित कोणसभामा नेता थापाले प्रधानमन्त्रीको अहंकारको शिकार संसद र संविधान बनेको बताए ।

उनले केहीले २०४७ को संविधानको आधारमा कांग्रेसले २०४८ मा मध्यावधी निर्वाचन गरेको तर्क गरेको संसद विघटन गर्नसक्ने व्यवस्था अहिलेको संविधानमा नराखेको तर्क गरे । संसदले प्रधानमन्त्री छान्न सकेन वा भएको प्रधानमन्त्रीले विश्वासको मत गुमाए मात्र संसद विघटनको अवस्था आउन सक्ने उनको भनाई छ ।

‘जसले तालाचावीको जिम्मा लियो। त्यही प्रधानमन्त्रीले संसदको तालाचावी फोडेर त्यहाँभित्र रहेका सबै बन्दोबस्तलाई अस्तव्यस्त बनाएका कारण हामी सडकमा आउन बाध्य भयौं,’ थापाले भने, ‘प्रधानमन्त्रीले सनकमा आएर यस्तो काम गर्नुभयो भने त्यो काम रोक्ने राष्ट्रपतिले हो। तर राष्ट्रपति प्रधानमन्त्रीको अपराधको साक्षीमात्रै होइन, साझेदार बन्नुभएको कारण सडकमा आउनुपर्‍यो।’

पार्टीभित्रको झगडा र ओलीभित्रको अहंकारले सिंगो व्यवस्थामाथि प्रश्न उठेको उनले बताए। त्यस्तै उनले राष्ट्रपति पनि प्रधानमन्त्रीको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

  काठमाडौँ ।  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट  ५० करोडभन्दा बढी राजस्व

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता