‘अधिनायक आकंक्षाको अन्तिम प्रयत्नलाई असफल पार्छौं’ : प्रवक्ता शर्मा



नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको निर्णय असंवैधानिक भन्दै यसको प्रतिवाद गर्ने प्रष्ट गरेको छ ।

संसद विघटनको सिफारिशलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको कदम असंवैधानिक भएकाले नेपाली कांग्रेसले राजनीतिक रूपमा प्रतिवाद गर्ने टिप्पणी गरे ।

शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ । संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं । अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ। जय नेपाल ।

यसैगरी, कांग्रेस नेता मीनेन्द्र रिजालले संसद विघटनको सिफारिशलाई असंवैधानिक भन्दै बहुमतबाट अर्को प्रधानमन्त्री चुनिने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्ने बताए।

प्रधानमन्त्री केपी ओलीले आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिश गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फेरि भाँचियो तामाकोशीको पुल

मन्थली । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौली ठेडिखोला जोड्ने

‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अमरेशको अभिव्यक्ति संसदमा लफडा

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति

देश छिटै नै भ्रष्टाचारको म्यूजियम बन्दैछः सांसद शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भिजिट भिसा काण्ड हजारौ नेपाली

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान

घोराही (दाङ), ८ असार । गढवा गाउँपालिका–१ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो