काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको संवैधानिक परिषद्को बैठकमा स्थगित भएको छ । प्रधानमन्त्रीले बैठक बोलाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।
प्रचण्डले बैठक स्थगित गर्न सुझाएपछि प्रधानमन्त्रीले बैठक स्थगित गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार बेलुका ५ बजे संवैधानिक परिषद बैठक बोलाएका थिए । यसअघि बुधबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
तर ओलीले उक्त अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषदको बैठक बोलाएका थिए । प्रधानमन्त्री ओलीले आजै साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठकले मंगलबार जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया