काठमाडौं । काठमाडौं उपत्यकामा यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक यातायातमा लगाइएको जोरबिजोर प्रणाली शुक्रवार बिहानदेखि लागू हुने गरी अन्त्य गरेको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सूचना जारी गर्दै जोरबिजोर प्रणाली अन्त्य भएको जानकारी दिएका हुन् । बढी संख्यामा यातायात सञ्चालन गर्दा कोरोनाको जोखिम कम हुने निष्कर्ष निकाल्दै प्रशासनले जोरबिजोर हटाउने निर्णय गरेको हो ।


प्रतिक्रिया