काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठक साँझ पाँच बजेका लागि बोलाइएको छ ।
बुधबार नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलमा संवैधानिक परिषद्सम्बन्धी कार्यविधि फिर्ता लिने सहमति भएको थियो । तर अध्यादेश फिर्ता नगरी परिषद् बैठक बोलाइएको छ ।
अध्यादेशअनुसार बैठक बस्नका लागि अध्यक्षसहित दुई सदस्य भए पुग्छ । प्रधानन्यायधी चोलेन्द्र शम्सेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनामात्रै सहभागी भएपनि बैठक बस्न सक्छ ।
अध्यादेश फिर्ता नहुँदै बैठक बोलाइएकाले कांग्रेसले सहभागी नहुने बताएको छ । प्रधानमन्त्रीले साँझ ५ बजे संवैधानिक परिषद् र त्यसलगत्तै साँझ ६ मन्त्रिपरिषद् बैठकसमेत आह्वान गरेको हुँदा मन्त्रिपरिषद् बैठकबाट सो अध्यादेश फिर्ता गर्नेबारे निर्णय हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया