निगमलाई थप दुई ग्राउण्डह्याण्डलिङ्गको अनुमति



काठमाडौं । नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको कमर्सियल ग्राउण्ड ह्याण्डलिंग (भूमिस्थ प्रबन्ध सेवा) गर्ने अनुमति प्राप्त गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को गत मङ्सिर १७ को निर्णयले निगमलाई उक्त अधिकार प्राप्त भएको निगमले जनाएको छ । निगमले हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियस्तरको भूमिस्थ प्रबन्ध सेवा दिँदै आएको छ ।

त्यसैगरी निगमले ट्विनअटर विमानबाट मङ्सिर ३० मा सोलुखुम्बुको थुलुङ्ग दूधकोशी गाउँपालिका वडा नं २ स्थित काँगेलडाँडा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको जनाएको छ । राष्ट्रिय ध्वजावाहक निगमले सेवाग्राहीको अपेक्षा र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न गुणस्तरीय सेवासहितको व्यावसायिक सुनिश्चितता एवं प्रवद्र्धनका लागि १० वर्षे व्यावसायिक कार्ययोजना तयार पारेको निगमका प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिइन् ।

निगमले उक्त व्यावसायिक कार्ययोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसमक्ष मङ्सिर २९ गते बुझाएको थियो । निगम सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरे तथा महाप्रबन्धक डिम प्रकाश पौडेलको नेतृत्वमा बुझाइएको सो व्यावसायिक योजना ग्रहण गर्दै मन्त्री भट्टराईले निगमको एउटा रोडम्याप तयार भएको र सरकारले यो योजनालाई सफल बनाउन आवश्यक सम्पूर्ण सहयोग गर्ने बताउनुभएको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने प्रचण्डको उद्घोष

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र

कुनैपनि देशका जनताले चुनेको व्यक्ति वा सरकारमाथि विदेशी हस्तक्षेप हुनु गलतः नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरुले देशमाथि कसैको हस्तक्षेप

शङ्खधर चोकमा प्रदर्शन गरिएको ऐतिहासिक महाकाली नाच(फोटोफिचर)

मध्यपुर थिमि पोबुबाट प्रदर्शन भएको ऐतिहासिक महाकाली नाच शुक्रबार राति शङ्खधर चोकमा प्रदर्शन

कञ्चनजङ्घा आधार शिविरमा पर्यटकको चहलपहल

फुङ्लिङ(ताप्लेजुङ) । कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सुरु भएसँगै शिखर आधार