उखु किसान उखु बोकेर आन्दोलनमा



काठमाडौं । लामो समयसम्म आफूहरुले पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै उखु किसानहरुले निरन्तर काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । बुधबार उनीहरुले चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारको ध्यानाकर्षण गर्न भन्दै माइतीघरमा धर्ना दिएका हुन् । धर्नामा सहभागी भएका उनीहरुले आफूहरुको माग पुरा नभए सिंहदरबार घेर्ने चेतावनी पनि दिएका छन् ।

चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले आइतबारलेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका हुन् । उनीहरूले गत वर्षको पुस १६ गते सरकारसँग भएको ५ बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । किसानहरुले काठमाडौंमा बसेको सरकारले आफूहरुको कुरा नसुनेको गुनासो गरेका छन् ।

सरकारले किसानसँग गरेको पटक पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको उखु किसान संघर्ष समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने प्रचण्डको उद्घोष

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र

कुनैपनि देशका जनताले चुनेको व्यक्ति वा सरकारमाथि विदेशी हस्तक्षेप हुनु गलतः नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरुले देशमाथि कसैको हस्तक्षेप

शङ्खधर चोकमा प्रदर्शन गरिएको ऐतिहासिक महाकाली नाच(फोटोफिचर)

मध्यपुर थिमि पोबुबाट प्रदर्शन भएको ऐतिहासिक महाकाली नाच शुक्रबार राति शङ्खधर चोकमा प्रदर्शन

कञ्चनजङ्घा आधार शिविरमा पर्यटकको चहलपहल

फुङ्लिङ(ताप्लेजुङ) । कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सुरु भएसँगै शिखर आधार