काठमाडौं । विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि बसेको संवैधानिक परिषद्को बैठकमा रिक्त रहेको पदका बिषयमा छलफल मात्र भएको छ । नयाँ अध्यादेश पछि बसेको बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त रहेको पदमा नियुक्तिबारे छलफल मात्र भएको र कुनै निर्णय नभएको स्रोतले जनाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिनै संवैधानिक परिषद्को बैठक बसेको थियो। मंगलबार दिउँसो आकस्मिक रुपमा जारी भएको संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेशका आधारमा बैठक बसेको हो ।
अध्यादेशले अध्यक्षसहित कम्तिमा बहालवाला बहुमत सदस्यको उपस्थिति भएमा निर्णय गर्नसक्ने गरी संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गरेको छ। अहिले पाँचजना सदस्य रहेको परिषदमा दुईजना उपस्थित नभए पनि अध्यक्ष ओलीले बैठक राखेका हुन्। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना उपस्थित भएका थिए ।

प्रतिक्रिया